जेठ ०४, २०८१, शुक्रबार
               

राष्ट्रिय परीक्षा बोर्डले एसईईको आवेदन फारम र रजिष्ट्रेसन फारम खुलायो

नेपाल फ्ल्यास
पुस १५, २०७७

ADVERTISEMENT

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको आवेदन फारम खुलाएको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७७ सालमा सञ्चालन हुने एसईईमा समावेश हुन आवेदन फारम भराउने सूचना निकालेको छ ।

२०७७ सालमा कक्षा १० मा नियमित अध्ययन गरेको विद्यार्थी, माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक पौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थी समेतलाई आवेदन खुला गरेको हो ।

बोर्डले बुधबार निकालेको सूचनाअनुसार आवेदन फारम पुस १६ देखि माघ २१ गतेसम्म भरिसक्नुपर्नेछ । आवेदन फारम भर्न प्रतिविद्यार्थी पाँच सय रूपैयाँ लाग्नेछ ।

यस्तै, बोर्डले  कक्षा ९ का विद्यार्थीका लागि रजिष्ट्रेसन फारमकाे पनि सूचना निकालेको छ । रजिष्ट्रेसनका लागि प्रतिविद्यार्थी तीन सय रूपैयाँ लाग्नेछ ।

एसईई कहिलेदेखि हुने भन्नेमा बोर्ड अन्योलमा छ । गत वर्ष कोरोना भाइरसका कारण स्थगित गरिएको एसईई परीक्षा आन्तरिक मूल्यांकनबाट गरिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि