जेठ ०४, २०८१, शुक्रबार
               

सामाजिक सञ्जालबाट ४२ लाख ठग्ने महिला र पुरुष पक्राउ

नेपाल फ्ल्यास
पुस १५, २०७७

ADVERTISEMENT

काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी लाखौँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वी रुकुम घर भई हाल काठमाडौंको कीर्तिपुर बस्ने २२ वर्षीय सन्तोष श्रेष्ठ र सोही ठाउँकी १९ वर्षीया आशा श्रेष्ठ रहेका छन् ।

उनीहरुलाई काठमाडौंको सुन्धाराबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि आज महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए ।

उनीहरुले नक्कली आइडी खोली आफूलाई नेदरल्याण्डको नागरिक बताउँदै पीडितलाई साथी बनाएर झण्डै ४२ लाख रुपैयाँ ठगी गरेको भनी उजुरी परेको महाशाखाले जनाएको छ ।

थापाका अनुसार आफू नेपाल घुम्न आउने, विवाह गर्ने, बहुमूल्य सामान, आइफोन सुनका गरगहना तथा डलरसमेत पठाइ दिने लोभ देखाएर ठगी गरेको खुल्न आएको छ । 

उनीहरुले दीपक किशोर श्रेष्ठ र सन्तोष श्रेष्ठको बैंक खातामा तथा आइएमइमार्फत ४२ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । अन्य व्यक्तिसमेत घटनामा संलग्न रहेको देखिएकाले अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि