जेठ ०४, २०८१, शुक्रबार
               

चिनियाँ दूतावासअगाडि प्रदर्शन गर्ने आठ जना पक्राउ

नेपाल फ्ल्यास
पुस १४, २०७७

प्रतिकात्मक फोटो
ADVERTISEMENT

काठमाडौंस्थित चिनियाँ दूतावासअगाडि एक समूहले विरोध प्रदर्शन गरेको छ ।

नेपालको आन्तरिक राजीनितमा चीनले हस्तक्षेप गर्न खाेजेको भन्दै चिनियाँ दूतावासअगाडि प्रदर्शन भएको हो ।

उक्त प्रदर्शनमा सहभागी आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वमा एक उच्च प्रतिनिधिमण्डल आइतबार काठमाडौं आएको छ । 

संसद् विघटनसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भइसकेको समयमा चिनियाँ उच्च प्रतिनिधिमण्डलको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । कतिपयले नेपालको राजनीतिमा चीनले हस्तक्षेप गर्न खोजेको तर्क गरिरहेका छन् ।

नेपाल भ्रमणमा रहेको चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विभिन्न दलका शीर्ष नेताहरुसँग भेटवार्ता गरिसकेको छ ।

को हुन् गुओ येचौ ?

गुओ येचौ ३३ वर्षदेखि चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागमा कार्यरत छन् । यसबीच बुल्गेरियाका लागि चिनियाँ राजदूत पनि बनेका उनी सन् २०१४ देखि अन्तर्राष्ट्रिय विभागमा उपमन्त्री बनेका हुन् ।  

विभागका ४ उपमन्त्रीमध्ये गुओ सबैभन्दा वरिष्ठ हुन् । अन्तर्राष्ट्रिय विभागका मन्त्री सोङ ताओ छन्, जो राष्ट्रपति सी चिनिफङको भ्रमण तयारी क्रममा गत वर्ष नेपाल आएका थिए । अन्तर्राष्ट्रिय विभागका मन्त्री र उपमन्त्रीहरूको पदीय मर्यादाक्रम, सुविधा र जिम्मेवारी राज्यपरिषदका विदेशमन्त्री र उपमन्त्रीहरूको बराबर हुन्छ ।

चिनियाँ चासाे

भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलपछि सेना प्रमुख, विदेश सचिव र सत्तारुढ भाजपाका नेताको भ्रमणलगत्तै नेपालमा संसद् विघटन र नेकपा विभाजन भएपछि चीनले विश्लेषण गरिरहेको देखिन्छ ।

यसअघि नेकपा विभाजन भएलगत्तै चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओली, नेकपाका अध्यक्ष प्रचण्ड र माधव नेपालसँग भेटवार्ता गरेकी थिइन् । राजदूत यान्छीले नेकपा स्थायी समिति सदस्य कृष्णबहादुर महरासँग पनि भेटवार्ता गरेकी थिइन् । 

यो पनि