बैशाख २१, २०८१, शुक्रबार
               

प्रहरीको कपडा खरिदमा ठगी गर्ने २ जना पक्राउ

नेपाल फ्ल्यास
पुस १४, २०७७

ADVERTISEMENT

ठगी सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा चितवन माडी नगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-२९ घट्टेकुलो बस्ने ४६ वर्षीय नरेन्द्र नाथ पौडेल र क्राउन टेक्सटाईल्स ईण्डष्ट्रिज प्रालि बहुअरी वीरगंजका संचालक पर्सा वीरगंज महानगरपालिका-५ बस्ने ५५ वर्षीय पिताम्बर कुमार मुन्कालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पिताम्बरलाई वीरगंज पर्साबाट तथा नरेन्द्रलाई काठमाडौंबाट पक्राउ गरिएको हो ।

नेपाल प्रहरीलाई आवश्यक उलन पाईन्टको कपडा २० हजार मीटर खरिद गर्न आ.व. २०७३/०७४ सालमा बोलपत्र आव्हान गरिएकोमा प्राप्त बोलपत्रमध्ये न्यूनतम मूल्यांकित बोलपत्रदाता क्राउन टेक्सटाईल्स ईण्डष्ट्रिज प्रालि बहुअरी, वीरगंजबाट प्रति मिटरको १ हजार ८२ रुपैयाँका दरले २० हजार मिटरको मूल्य अभिवृद्धि कर बाहेकमा २ करोड १६ लाख ४० हजार रुपैयाँमा खरिद गर्ने निर्णय भएकाे थियो । उक्त फर्म र प्रहरी प्रधान कार्यालय प्रबन्ध निर्देशनालय नक्साल काठमाडौंबीच भएको सम्झौता बमोजिम आपूर्ति भएको सामानको गुणस्तर परीक्षण गर्दा गुणस्तरहीन कपडा पाइएकाे हाे । साथै सम्बन्धित आपूर्तिकर्ता फर्म क्राउन टेक्सटाईल्स ईण्डष्ट्रिज प्रालिका प्रतिनिधि नरेन्द्रलाई रोहवरमा राखी नमूना निकाली परीक्षण गर्न २०७७ साउन ३० गते एसजिएस चेन्नाई ईन्डिया पठाएपछि साउन ३२ गते नरेन्द्रले पुन: नेपाल प्रहरी संगठनको नाम, जिम्मेवार अधिकृतको नाम, मोबाईल नम्बर तथा ईमेल ठेगाना समेत उल्लेख गरी डिएचएल मार्फत सोही ल्यावमा आफूखुसी दोश्रो नमूना पठाई प्रहरी संगठनलाई नै जालसाजी पुर्‍याएकाे प्रहरीकाे भनाइ छ । 

पक्राउ दुवै जनाउपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि