बैशाख २०, २०८१, बिहीबार
               

बाहिरबाट साथी ल्याएर छात्रावास तोडफोड गरेको आरोपमा चिकित्सक पक्राउ

नेपाल फ्ल्यास
पुस १३, २०७७

ADVERTISEMENT

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको छात्रावासमा रहेका एक इन्टर्न डाक्टरलाई बाहिरबाट साथी ल्याएर  तोडफोड गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

आइतबार राति इन्टर्न रोशन यादव र उनका साथी केशव यादवले रक्सी खाई मातेर होस्टल बाहिरका साथीसमेत ल्याई तोडफोड गरेको प्रतिष्ठान होस्टल प्रशासनले जनाएको छ ।

घटनालगत्तै उनीहरुलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार मादकपदार्थ सेवन गरेका यादव सप्तरी भारदहका साथी केशवलाई लिएर होस्टल पुगेका थिए ।

सुरक्षाका लागि होस्टलमा राखिएका सुरक्षा गार्डलाई समेत धम्क्याएर उनीहरु प्रवेश गरेको बताइएको छ ।

तोडफोडमा संलग्न इन्टर्न यादव पटकपटक कानूनी कारवाहीमा परेका व्यक्ति भएको प्रतिष्ठानले जनाएको छ ।

सप्तरी भारदह घर भएका यादव बिपी प्रतिष्ठानबाट एमबिबिएस सकेर एक वर्ष इन्टर्न कोर्ष गर्दै थिए । 


कस्तो लाग्यो ?

यो पनि