बैशाख २१, २०८१, शुक्रबार
               

संसद विघटनको विरोधमा बृहत् नागरिक समूहद्वारा विरोध प्रदर्शन

नेपाल फ्ल्यास
पुस १३, २०७७

ADVERTISEMENT

काठमाडौं । संसद विघटनको विरोधमा बृहत् नागरिक समूहले प्रदर्शन गरेको छ ।

संसद विघटनको विरोधमा सो समाजले साताव्यापी विरोध प्रदर्शनका क्रममा सोमबार माइतीघरमण्डलामा डम्फूसहित विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शन कार्यक्रममा लेखक, कवि, कलाकार एवं नागरिकलगायत सहभागी छन् । सरकारले संसद् विघटन गरेर देशलाई प्रतिगमनतर्फ लग्नुका साथै संविधानमाथि आक्रमण गरेको उनीहरुको भनाइ छ ।

केही दिनदेखि संसद विघटनको विरोधमा प्रदर्शन गर्दै आएका उनीहरुले ‘प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलन’ लेखिएको ब्यानरसहित शंख बजाउँदै संसद विघटनको विरोध गरेका थिए । उनीहरुले  ‘जो रक्षक उही भक्षक’, ‘संविधान माथि तिरैतिर, प्रतिगामीलाई खिरैखिर’, ‘संसद विघटनको दुस्साहस, लोकतन्त्रको उपहास’, ‘म नागरिक संविधानको पालक, नेताज्यु तपाईं नि ?’, ‘समृद्धिको यात्रा, ओलीको गाइजात्रा’, ‘संविधान माथिको प्रहार, इतिहासको ठूलो अत्याचार’ लगायत लेखिएका ब्यानरहरु प्रदर्शन गर्दै आएका छन् । 

यो पनि