बैशाख २०, २०८१, बिहीबार
               

२ प्रहरी हत्याकाण्डका मुख्य योजनाकार पक्राउ

नेपाल फ्ल्यास
पुस १३, २०७७

ADVERTISEMENT

धनगढीमा ड्युटीमा खटिएका २ प्रहरीकाे हत्याकाण्डमा मुख्य योजनाकार पक्राउ परेका छन् । प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउदको हत्याका मुख्य योजनाकार अमर राना प्रकउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार पत्रकार सम्मेलन गरी मुख्य अभियुक्त धनगढी उपमहानगरपालिका- १० चकमलीका ३५ वर्षीय सुकबहादुर राना भनिने अमर रानालाई सार्वजनिक गरेको हो। 

उनलाई आइतबार बेलुका ७ बजे धनगढी–१४ फूलबारीबाट पक्राउ गरिएको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जवराले जानकारी दिए ।

यसअघि सोही घटना अभियोगमा पक्राउ परेका ८ जनालाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ । राना लामो समयदेखि भारतको वनकट्टी र सलियापारबाट नेपालमा अवैध सामान र नेपालबाट अवैधरूपमा भारत सामान पठाउने कार्यमा संलग्न रहेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

कात्तिक १ गते शनिबार राति धनगढी–१२ जुगेडामा  तस्करहरुले प्रहरीको हत्या गरेका थिए । 

 


कस्तो लाग्यो ?

यो पनि