बैशाख २१, २०८१, शुक्रबार
               

उखु किसान र सरकारबीच आज वार्ता हुँदै

नेपाल फ्ल्यास
पुस १३, २०७७

फाइल फोटो
ADVERTISEMENT

काठमाडौं । सरकार र आन्दोलनरत उखु किसानका प्रतिनिधिबीच आज वार्ता हुने भएको छ ।

उद्योग मन्त्रालयले आज (आइतबार) दिउँसो वार्ताको लागि आफूहरुलाई मन्त्रालयमा बोलाएको उखु किसान संघर्ष समितिका संयोजक राकेश मिश्रले जानकारी दिए । 

सरकार र उखु किसानबीच दिउँसो ३ बजेको लागि वार्ताको समय तय भएको छ ।

उद्योगीले उखुको पुरानो भुक्तानी नदिएपछि विगत तीन सातादेखि सर्लाहीसहित विभिन्न जिल्लाका पीडित किसान राजधानी काठमाडौं आएर आन्दोलन गरिरहेका छन् ।

यसअघि पटकपटक सरकारले किसानको पुरानो भुक्तानी दिलाइदिने आश्वासन दिए पनि सबै किसानले उखुको भुक्तानी पाउन सकेका छैनन् । 

किसानले आन्दोलन सुरु गरेपछि कतिपय उद्योगले भने किसानलाई भुक्तानी दिन सुरु गरेका छन् ।

उद्योग मन्त्रालयका अनुसार विभिन्न चिनी उद्योगले किसानलाई ९० करोडभन्दा बढी भुक्तानी दिन बाँकी छ ।


कस्तो लाग्यो ?

यो पनि