जेठ ०४, २०८१, शुक्रबार
               

संसद विघटन अवैध छ : डा. गोविन्द केसी

नेपाल फ्ल्यास
पुस १२, २०७७

ADVERTISEMENT

काठमाडौं । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता प्राडा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा विघटन भएको प्रतिनिधिसभा विघटनलाई अवैध भएको बताएका छन् । 

संविधान र विधिको शासनलाई निःसर्त स्थापित गर्नुपर्नेमा प्रधानमन्त्री त्यसविपरीत उन्मुख भएको भन्दै उनले एक विज्ञप्तिमार्फत यस्तो बताएका हुन् । 

‘उनी (ओली) विचरण गर्ने वैकल्पिक यथार्थमा देशको संविधान उनकै स्वार्थका लागि बनेको हुनाले जुन दिन उनको स्वार्थमा आँच आउँछ, त्यही दिन संविधानको औचित्य सकिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तर हामी बाँचेको वास्तविक संसार र समाजमा संविधान सर्वोपरि छ ।

संविधानलाई ‘आफ्नो स्वार्थको फुटबल’ बनाउनेहरूलाई दण्डित गर्नुपर्ने केसीको धारणा छ ।


कस्तो लाग्यो ?

यो पनि