जेठ ०४, २०८१, शुक्रबार
               

१ सय सुन र पौने ९ लाखसहित पक्राउ

नेपाल फ्ल्यास
पुस १२, २०७७

ADVERTISEMENT

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको नयाँ पार्किङ एरियाबाट करिब १ सय ग्राम सुनजस्तो देखिने पहेलो धातुको २ थान बाला र नगद ८ लाख ७७ हजार रुपैयाँ सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं टोखा बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-४ घर भएका ४० वर्षीय प्रल्हाद थापा र काठमाडौं कीर्तिपुर बस्ने धादिङ ज्वालामुखी गाउँपालिका-३ घर भएका ४२ वर्षीय अर्जुन प्रसाद थपलिया रहेका छन् ।

उक्त स्थानमा जाँच गर्ने क्रममा भन्सार छली ल्याउन लागेको उक्त धातुसमेत फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि