बैशाख २०, २०८१, बिहीबार
               

बस दुर्घटना हुँदा एकको मृत्यु, आठ घाइते

नेपाल फ्ल्यास
पुस ११, २०७७

ADVERTISEMENT

हेटौँडा । नारायणगढ सडकखण्डमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार नारायणगढ सडकखण्डमा बस्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो भने आठ जना घाइते भएका छन् ।  हेटौँडाबाट चितवनतर्फ जाने क्रममा ना.५ ख ४६०९ नम्बरको दुर्घटना भएको हो ।

प्रहरीका अनुसार बस दुर्घटनामा लमजुङ सुन्दरबजार नगरपालिका–८ का ३२ वर्षीय हरि गौलीको मृत्यु भएको हो। दुर्घटनामा परी गम्भीर घाइते भएका गौलीको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

तीव्र गतिका कारण बस पल्टिएर दुर्घटना भएको बताइएको छ । घाइते सबैको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । बसमा १८ जना सवार रहेको प्रहरीले जनाएको छ ।

यो पनि