जेठ ०४, २०८१, शुक्रबार
               

चितुवाको छालासहित पक्राउ

नेपाल फ्ल्यास
पुस ११, २०७७

ADVERTISEMENT

कैलाली । गोदावरी नगरपालिका-२ स्थित मिट पोईण्ट होटलको कोठाबाट पाटे चितुवाको १ थान छाला र २ थान हड्डी बरामद गरी ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

डोटी जोरायल गाउँपालिका-४ बस्ने ३१ वर्षीय किरन पुन, डोटी आदर्श गाउँपालिका-५ बस्ने ३५ वर्षीय बीर बहादुर धामी र सोही ठाउँ बस्ने २२ वर्षीय योगेन्द्र धामी लाई पक्राउ गरेकाे हाे । होटलको कोठाबाट उक्त छाला र हड्डीसहित किरन पुनलाई फेला पारी क्षेत्रीय अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरीले अनुसन्धानको क्रममा बीर बहादुर र योगेन्द्रलाई समेत पक्राउ गरेको हो ।
बरामद छाला र हड्डी आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय कैलालीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि