जेठ ०४, २०८१, शुक्रबार
               

बल्खुमा ट्राफिक र पैदलयात्रीलाई ठक्कर दिने भ्यान फरार, पैदलयात्रीको मृत्यु

नेपाल फ्ल्यास
पुस ११, २०७७

ADVERTISEMENT

काठमाडाैं  । बल्खुमा भ्यानको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ । प्रहरी जवान घाइते भएका छन् ।

गएराति ट्राफिक जाँचका क्रममा भ्यान भाग्न खोज्दा बल्खु चोकमा दुर्घटना भएको प्रहरीले जनाएको छ । भ्यानको ठक्करबाट पैदलयात्री काठमाडाैंको कीर्तिपुर बस्ने गोरखाका ५४ वर्षका काले आलेमगरको उपचारका क्रममा गएराति ज्यान गएको प्रहरीले जनाएको छ ।

बा १६ च २९१५ नम्बरको भ्यानले ट्राफिक जाँचमा रहेका ट्राफिक जवानलाई ठक्कर दिएर भाग्ने क्रममा पैदलयात्रीलाई ठक्कर दिन पुगेको थियो । भ्यानको ठक्करबाट बल्खुमा कार्यरत प्रहरी जवान २३ वर्षका मानबहादुर साउद घाइते भएकोा छन् । उनको बयोधा अस्पतालमा उपचार भइरहेको छ ।

फरार भ्यान चालकको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि