जेठ ०४, २०८१, शुक्रबार
               

चोरीको मोटरसाइकलसहित लगनखेलबाट दुई जना पक्राउ

नेपाल फ्ल्यास
पुस १०, २०७७

ADVERTISEMENT

ललितपुर । प्रहरीले मोटरसाइकल चोरी गर्ने दुई जनालाई पक्राउ गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मोटरसाइकल चोरी गर्ने दुई जनालाई बिहीबार ललितपुरको लगनखेलबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–१२ का २५ वर्षीय रामशरण मिजार र सोही स्थानका १९ वर्षीय को सुवास मिजारल रहेका छन् ।

उनीहरुलाई चोरीको बा८१प ५२७५ नम्बरको २२० सीसीको पल्सर मोटरसाईकलसहित पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।

उक्त मोटरसाइकल काठमाडौंको कपनबाट हटाएको भनी अभिषेक ढकालले हुलियासहितको निवेदन २०७४ असोज ९ गते महाशाखामा दिएका थिए ।


कस्तो लाग्यो ?

यो पनि