जेठ ०४, २०८१, शुक्रबार
               

दुई किलो चरेशसहित दुईजना पक्राउ

नेपाल फ्ल्यास
पुस १०, २०७७

ADVERTISEMENT

कैलाली । कैलालीमा लागु औषध चरेशसहित दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालीका–३ स्थित विशालनगरबाट बझाङको बित्थडचिर गाउँपालिका–२ का करन बोहरा र सोही ठाउँका जयबहादुर बोहरालाई दुई किलो ९०० ग्राम चरेशसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि