जेठ ०४, २०८१, शुक्रबार
               

महिला साथीकाे भिडियो पोर्नसाईटमा हाल्ने २ जना पक्राउ

नेपाल फ्ल्यास
पुस ०९, २०७७

ADVERTISEMENT

महिलालाई यौन उत्पीडन एवं हैरानी दिएको अभियोगमा प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो भोटाइटीबाट खटिएको प्रहरीले २ जनालाई मंगलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-४ पारिजात पथ बस्ने ३६ वर्षीय अस्लम अन्सारी र गोरखा सुलिकोट गाउँपालिका-५ बारपाक घर भई हाल ललितपुर गोदावरी नगरपालिका-११ चापागाउँ बस्ने २० वर्षीय रोलकवहादुर थापा रहेका छन् । अस्लमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतको सहयोगमा हेटौंडाबाट र रोलक बहादुरलाई ललितपुरबाट पक्राउ गरिएको हो ।

अस्लमले मकवानपुर घर भई बैङ्ककको थाईल्याण्ड बस्ने आफ्नै महिला साथीको अर्धनग्न, नग्न तस्बिर तथा भिडियो फेक आईडी तथा ई-मेलबाट पोर्न साईट समेतमा अपलोड गर्नुको साथै ती तस्वीर तथा भिडियोहरू उक्त पोर्नसाईटबाट हटाउनको लागि १ हजार ९८ अमेरिकी डलर माग गरी ब्ल्याकमेल गर्दै यौन उत्पीडन दिने र दु:ख हैरानी दिने कार्य गरेको खुल्न आएको छ ।

साथै रोलकले फेसबुकमा फेक आईडी बनाई आफन्त तथा नजिकका साथीहरूलाई यौनजन्य, अश्लिल सन्देश तथा तस्बिर पठाउने, यौनअश्लिलतायुक्त अनर्गल सामग्री पोष्ट गरी अपमान गर्ने, हैरानी दिने कार्य गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि