जेठ ०४, २०८१, शुक्रबार
               

आगो ताप्ने क्रममा जलेर महिलाको मृत्यु

नेपाल फ्ल्यास
पुस ०९, २०७७

ADVERTISEMENT

कञ्चनपुरमा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ ।

आज बिहान ७ बजेतिर जिल्लाको पुनर्वास नगरपालिका–६, प्रतिभानगर (टाउन बजार) स्थित आफ्नै घरमा आगो ताप्दै गरेको अवस्थामा आगोमा परेर ४३ वर्षिय गितादेवि थापाको मृत्यु भएको हो ।

उच्च रक्तचापका कारण बेहोस भई आगोमा परेर घाइते भएकी थापालाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक थापा एक्लै आगो ताप्दै गरेको र आगोबाट उठाउँने मान्छे नहुँदा ज्यान गएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले  जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि