जेठ ०४, २०८१, शुक्रबार
               

आधा किलो चरेससहित एक महिला पक्राउ

नेपाल फ्ल्यास
पुस ०८, २०७७

ADVERTISEMENT

बाजुरा । गौमुल गाउँपालिका-१ घर भई बडिमालिका नगरपालिका-८ मार्तडीमा पसल गरी बस्ने ४९ वर्षीया मैना रोकायालाई मंगलबार दिउँसो अवैध लागूऔषध करिब ५ सय ग्राम चरेशसहित प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनको पसलमा जाँच गर्दा लुकाई छिपाई राखेको उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि