जेठ ०४, २०८१, शुक्रबार
               

जनआन्दोलनमा सेनाले यातना दिएका ३४ जनालाई का‌ंग्रेसको सम्मान

नेपाल फ्ल्यास
पुस ०८, २०७७

ADVERTISEMENT

जनआन्दोलन सफल बनाउन छलफल गरिरहेका बेला एउटै डोरीमा ३४ जनालाई बाँधेर नेपाली सेनाले यातना दिएकाहरुलाई सम्मान गरिएको छ । नेपाली कांग्रेस माडी नगरपालिकाले घटना भएकै दिन पारेर मङ्गलबार उनीहरुलाई सम्मान गरेको हो ।

विसं २०४६ को जनआन्दोलन कसरी सफल बनाउने भन्ने विषयमा माडीको अयोध्यापुरीस्थित गोविन्द बस्तीका चित्रबहादुर दुराको घरमा पुस ७ गते साँझ छलफल भइरहेका बेला सेनाले पक्राउ गरेको थियो । पक्राउ परेका सबैलाई एउटै डोरीले बाँधेर रातभर हिँडाएर बिहान कीर्तनपुरमा ल्याएर राखिएको थियो । पक्राउ परेमध्येका नेपाली कांग्रेसका नेता प्रा डा सूर्यकान्त घिमिरेका अनुसार उनीहरुलाई कुटपिट र धम्कीपछि भोलिपल्ट साँझ पालैपालो छाडिएको थियो ।

सो क्रममा नेपाली कांग्रेस चितवनका पूर्वसभापति रामकृष्ण घिमिरे, पृथ्वीमान गुरुङलगायतका नेता पनि सेनाको यातनामा परेका थिए । सोही सम्झनामा पक्राउ परेकाहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, पूर्वसभापति कृष्णलाल सापकोटा, रामकृष्ण घिमिरे र टेकप्रसाद गुरुङले अहिलेसम्मका सबै उपलब्धिहरुमा कांग्रेसको त्याग रहेको बताए । कांग्रेसबिनाको आन्दोलन सफल हुन नसक्ने दृष्टान्त दिँदै उनीहरुले संविधानको रक्षाका लागि फेरि पनि सङ्घर्षमा लाग्नुपर्ने अवस्था आउन सक्ने बताए । 


कस्तो लाग्यो ?

यो पनि