बैशाख २१, २०८१, शुक्रबार
               

किसानको आन्दोलनमा जब मन्त्रीहरु पुगे

नेपाल फ्ल्यास
पुस ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । माइतीघरमा जारी उखु किसानको आन्दोलनमा उद्योग वाणिज्य तथा आपुर्तीमन्त्री लेखराज भट्ट उपस्थित भएका छन् ।

मन्त्री भट्टसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री ह्रदयेश त्रिपाठी पनि आन्दोलनमा सहभागी भए ।

शुक्रबार माइतीघर मण्डलामा आएका मन्त्री भट्टले उखु किसानहरुले अब आफ्नो परिश्रमकको भुक्तानी लिन आन्दोलन गरिरहन नपर्ने बताए । 

उनले भुक्तानी नदिने मिल सञ्चालकहरुलाई पक्राउ पुर्जी जारी गरिएको र उनीहरुले भुक्तानीको प्रक्रिया सुरु गरिसकेको भन्दै आन्दोलन स्थगित गरेर घर फर्कन आग्रह गरे ।

किसानहरुको आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसमेत सहभागी भएका थिए ।

आन्दोलनकारीलाई सम्बोधन गर्दै नेता पौडेलले तत्काल किसानको रकम भुक्तानीको व्यवस्था मिलाउन र मिल सञ्चालकहरुलाई कारबाही गर्न सरकारसँग आग्रह गरे ।

गतवर्ष सरकारसँग भएको सहमति कार्यान्वयन र चिनी मिलबाट उखुको बक्यौता भुक्तानी पाउनुपर्ने माग गर्दै उखु किसाहरु मंसिर २८ गतेदेखि राजधानी आएर आन्दोलन गरिरहेका छन् ।

उनीहरुले रौतहट, सर्लाही र नवलपरासीका विभिन्न चिनी मिलबाट किसानले करिब ९० करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको बताए ।


कस्तो लाग्यो ?

यो पनि