काठमाडौं । गृहमन्त्रालयले १८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु( सिडिओ) को सरुवा तथा पदस्थापना गरेको छ । शुक्रवार गृहमन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले सिडओको सरुवा गरेको हो ।
गृहमन्त्रालयका अनुसार ललितपुरमा सहसचिव ढुण्डी प्रसाद निरौलालाई सरुवा गरिएको छ । उनी यसअघि गृहमन्त्रालयमा कार्यरत थिए।
धनकुटाका प्रमुख जिल्ला अधिकारी केशबप्रसाद बिमली जिल्ला प्रशासन कार्यालयमा महाेत्तरीमा सरुवा भएका छन् । त्यस्तै गृहमन्त्रालयका सह-सचिव बासुदेव दाहालले जिल्ला प्रशासन कार्यालय धनकुटाकाे सिडिओकाे जिम्मेवारी पाएका छन् ।