जेठ ०६, २०८१, आइतबार
               

नदी किनारमा दुई महिलाको शव फेला

रासस
पुस ०३, २०७७

ADVERTISEMENT

बैतडी । चमेलिया नदी किनारमा आज बिहान एक महिला मृतावस्थामा फेला परेकी छन् । 

बैतडीको दोगडाकेदार गाउँपालिका–६ चम्तडीस्थित चमेलिया नदी किनारमा महिला मृतावस्थामा फेला परेकी हुन् । 

नदी किनारमा मृतावस्थामा फेला परेकी अन्दाजी ३५ वर्षीया महिलाको पहिचान हुन नसकेको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । 

आज बिहान ८ बजेतिर स्थानीय नैनसिंह गोयलाले नदी किनारमा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
 
गोकुलेश्वर प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलमा पुुगेको छ । नदीले बगाएर ती महिलाको शव ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ । 

घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनको टोली पनि घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

कालीगण्डकी किनारमा महिलाको शव

यसैबीच, कालीगण्डकी नदीको किनारमा  पनि आज बिहान बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ । 

बागलुङको जैमिनी नगरपालिका–५ बिनामारे नजिकै कालीगण्डकीको किनारमा परिचय नखुलेकी आन्दाजी ५० वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

नदी छेउमा ढुङ्गामा अड्किएको अवस्थामा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीचौकी कुश्मीशेराबाट घटनास्थल पुगेका टोलीले शव उठाएको छ । 

शवको पहिचान र परीक्षणको काम भइरहेको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए । 

शवको पहिचानका लागि प्रहरीले हुलियासहितको तस्वीर मातहतका एकाइमा पठाएको छ । 

कहीँकतैबाट हराएको वा खबर नआएकाले तत्काल शवको पहिचान गर्न कठिन भएको प्रहरी नायब उपरीक्षक रेग्मीले बताउनुभयो ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि