बैशाख २१, २०८१, शुक्रबार
               

सात दिनभित्र उखु किसानको रकम दिलाउन सरकारलाई समितिको निर्देशन

नेपाल फ्ल्यास
पुस ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । संसदीय समितिले सात दिनभित्र आन्दोलनरत उखु किसानको बक्यौता रकम भुक्तानीको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारलाई रकम भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

आज बसेको समिति बैठकले चिनी मिलबाट किसानले पाउन बाँकी रकम सात दिनभित्र दिलाउन निर्देशन दिएको समितिले जनाएको छ ।

यस्तै समितिको बैठकले देशभरका श्रमिकहरुले पारिश्रमिक पाए/नपाएको सम्बन्धमा अनुगमन र कारबाही गरी १५ दिन भित्र समितिमा प्रतिवेदन पेश गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन समेत दिएको छ ।

यो पनि