बैशाख २१, २०८१, शुक्रबार
               

माइतीघरमा हलो-जुवासहित किसानहरुको प्रदर्शन

नेपाल फ्ल्यास
पुस ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । चिनी मिलले दिन बाँकी उखुको पैसा दिलाइदिन माग गर्दै उखु किसानरुले हलो-जुवा बोकेर माइतीघरमा प्रदर्शन गरेका छन् । वर्षौँदेखि उखुको भुक्तानी नपाएपछि उनीहरु काठमाडौं आएका हुन् ।

काठमाडौंको चिसोसँग पौंठेजोरी खोज्दै उनीहरु आफ्नो पसिनाको मूल्य दिन सरकारसँग आग्रह गरिरहेका छन् । 

केही दिनअघि काठमाडौं आएका उनीहरुले बिहिबार पनि माइतीघरमा प्रदर्शन गरे । केही चिनी मिलले किसानमाथि भारतीय नागरिकको आरोप लगाएका छन् । तर, उनीहरू भने नागरिकता पनि साथमा बोकेर आएका छन् । 

बुधबार उखु सहित प्रदर्शन गरेका किसानले आज भने खेति गर्ने औजारसहित प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले यो पटकको आन्दोलन नै वार-पार गर्ने हिसाबले काठमाडौं आएका हुन् ।

यसपाली महिनौं आन्दोलन गर्नुपरे पनि आन्दोलन गर्ने तर आफ्नो पसिनाको मूल्य लिएर जाने उनीहरूले बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि