जेठ ०२, २०८१, बुधबार
               

काठमाडौं महानगरपालिका क्षेत्रभित्रका विद्यालय तत्काल खुल्ने सम्भावनवा न्यून

नेपाल फ्ल्यास
पुस ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका विद्यालय तत्काल नखुल्ने भएका छन् ।

काठमाडौं महानगरपालिका शिक्षा विभागले बुधबार जिल्ला विपद् व्यवस्थापन केन्द्रका पदाधिकारी, विज्ञ र जिल्ला सुरक्षा निकाय प्रमुखको छलफलपश्चात् विद्यालय नखोल्ने निष्कर्ष निस्किएको हो । 

छलफलमा सहभागी काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले कोरोनाका कारण विदेशमा विद्यालय बन्द भन्दै तत्काल विद्यालय खोल्न नहुने बताए । अहिले जाडोको मौसम रहेकाले पनि विद्यालय खोल्न नहुने उनको भनाइ छ । 

‘यस्तो बेलामा अनलाइन कक्षालाई प्रभावकारी बनाएर केही समयपछि खोल्दा राम्रो हुन्छ’ उनले भने, ‘अहिले जाडो मौसम छ, यो समयमा विदा पनि हुन्छ ।स्वास्थ्य मन्त्रालयले उपत्यकामा मात्रै पुस महिनाभित्रमा ५० हजारको एन्टीजेन टेष्ट गर्ने भनेको छ । यो बीचको अवधिमा अनलाइन कक्षालाई प्रभावकारी बनाउन उपयुक्त हुने देखियो ।’

बालबालिकाले स्वास्थ्य मापदण्ड आफैँ पालना गर्न समस्या हुने भन्दै एउटै मापदण्ड बनाउने र खोलेका विद्यालयको पनि अनुगमन गर्ने, स्वास्थ्य मापदण्ड पुरा नभए बन्द गर्नेसम्मको तयारीमा जानुपर्नेमा उनले जोड दिए ।

त्यसैगरी, काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख नमराज ढकालले सबै सरोकारवाला निकायसँग छलफल गरिरहेको भन्दै समन्वय गरेर मात्रै निर्णयमा पुग्ने बताए ।

‘यो बीचमा हामी निरन्तर छलफलमा रहन्छौँ । तयारी पनि अघि बढाइरहन्छौँ । त्यसपछि अवस्था हेरेर मात्रै विद्यालय खुला गर्छौं । अहिले तत्काल चाँहि विद्यालय खोल्न अनुमति दिँदैनाैं,’ उनले भने । 


कस्तो लाग्यो ?

यो पनि