असोज ०६, २०८१, आइतबार
               

विराटनगरमा कोरोनाका कारण थप दुई जनाको मृत्यु

नेपाल फ्ल्यास
पुस ०१, २०७७

ADVERTISEMENT

विराटनगर । विराटनगरमा थप दुई जनाको मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा मङ्गलबार कोरोनाका कारण उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा पथरीशनिश्चरे र सुन्दरहरैँचाका नगरपालिकाका एक-एक जना छन् । 

सुन्दरहरैँचा नगरपालिका-३ का २२ वर्षीय पुरुषको राति ९ः५० बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ । पिसिआर परीक्षण गराउँदा मंसिर २९ गते सोमबार रिपोर्ट पोजिटिभ आएपछि युवकलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना गरेर सुरु गरे लगतै मृत्यु भएको अस्पतालले जनाएको छ । मृतकका श्वासप्रश्वास सम्बन्धी समस्या थियो ।

पथरीशनिश्चरे नगरपालिका-१ की ७३ वर्षीया वृद्धा महिलाको पनि राति ८ः५० बजेतिर मृत्यु भएको छ । अस्पतालका प्रमुख फिजिसिन डा. दीपक सिग्देलका अनुसार कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि मंसिर २७ गते भर्ना गरिएको थियो ।

मृतकमा श्वास फेर्न गाह्र हुने, ज्वरो आउने, खोकी लाग्ने लगायतका समस्या रहेको अस्पतालले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि