बैशाख २१, २०८१, शुक्रबार
               

वार्ताका लागि उखु किसानले राखे दुई बुँदे सर्त

नेपाल फ्ल्यास
मंसिर ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । उखुको मूल्य नपाएपछि माइतीघर मण्डलामा आन्दोलनरत उखु किसानहरुले सरकारसँग वार्ताका लागि दुई बुँदे सर्त राखेका छन् ।

यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वार्ताका लागि किसानहरुलाई पत्र पठाएको थियो । जवाफमा उखु किसान संघर्ष समिति, सर्लाहीले वार्ताका लागि दुई बुँदे सर्त राखेको हो ।

मन्त्रालयले पैसा सबै भुक्तानी गर्ने मिति निश्चित गर्नुपर्ने र प्रधानमन्त्री राहत कोष वा अन्य कुनै स्रोतबाट सरकारले किसानको बक्यौता भुक्तानी गर्नुपर्ने आफूहरुको सर्त भएको संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि