जेठ ०६, २०८१, आइतबार
               

त्रिभुवन विश्वविद्यालयका रेक्टर भुसाललाई आयोगले गर्‍यो कारवाही

नेपाल फ्ल्यास
मंसिर ३०, २०७७

ADVERTISEMENT

काठमाडौं ।राष्ट्रिय सूचना आयोगले त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा. शिलवाल भुसाललाई कारवाही गरेको छ । आयोगले शिक्षाध्यक्ष भुसाल ‘जिम्मेवारी पालनामा गैरजिम्मेवार रहेको ठहर गर्दै पाँच हजार जरिवाना गर्ने निर्णय गरेको हो ।

सूचना आयोगले स्नातकोत्तर तह, भौतिकशास्त्र प्रथम सेमेस्टरको क्वान्टम मेकानिक्सको ०७५ पुस २९ मा संचालन भएको परीक्षाको प्रश्नपत्र र उत्तरपुस्तिका ‘संरक्षण गर्नु’ भन्ने निर्देशन दिएको थियो । त्रिविका विद्यार्थी आशिष पौडेलले दिएको उजुरीका आधारमा आयोगले सो निर्देशन दिएको हो ।

०७६ असोज १४ मा आयोगले दिएको निर्देशनको वेवास्ता गरेर अभिलेख धुल्याएपछि जवाफ दिएको भन्दै आयोगले सूचनाको हक सम्बन्धी ऐन–०६४ को दफा २८ अनुसार कारवाही गर्ने निर्णय गरेको हो । प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ र अन्य दुईजना आयुक्तले सो निर्णय गरेका हुन् ।


कस्तो लाग्यो ?

यो पनि