जेठ ०३, २०८१, बिहीबार
               

चोरीको क्यामेरासहित दुई युवक पक्राउ

नेपाल फ्ल्यास
मंसिर ३०, २०७७

ADVERTISEMENT

पोखरा । कास्की प्रहरीले चोरीको सामानसहित दुई युवकलाई पक्राउ गरेको छ । 

रोल्पा स्थायी घर भई पोखरा बस्दै आएका १९ वर्षीय दीपक मगर र पोखरा महानगरपािलका–२२ पुम्दीभुम्दीका १९ वर्षीय अनिस बराईली पक्राउ परेका हुन् ।

उनीहरुले मंसिर २३ गते पोखरा महानगरपालिका–३ तेर्सापट्टीस्थितप्रविण बैधको घरमा रहेको क्यानन (इओएसडी) क्यामरा चोरी गरेको थिए ।

क्यामरो चोरी भएपछि बैधले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका थिए । सोही आरोपमा उनीहरु पक्राउ परेको कास्की प्रहरी प्रमुख जीवन श्रेष्ठले बताए ।

उक्त क्यामेराको अन्दाजी बजारमूल्य २ लाख ५० हजार रुपैयाँ रहेको छ । 

उनीहरुमाथि चोरी तथा डाँका सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि