बैशाख २३, २०८१, आइतबार
               

माैसम : काठमाडौंको तापक्रम यो वर्षकै कम, तराईमा बाक्लो हुस्सु

नेपाल फ्ल्यास
मंसिर ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौँ उपत्यकामा आज यो वर्षकै कम तापक्रम मापन भएको छ ।

आज बिहान ६ बजे गरिएको मापनमा काठमाडौँ उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उपत्यकाको यो तापक्रम वर्षकै सबैभन्दा कम हो ।

तापक्रम घटेकै कारण आज बिहान काठमाडौँ उपत्यकामा धेरै चिसो महसुस भएको छ ।

मुलुकभर पश्चिमी वायुको असर रहँदा तराईका अधिकांश जिल्लामा बाक्लो हुस्सु लागेको पनि महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार अहिले तराईका अधिकांश क्षेत्र र पहाडका एकाध ठाउँमा पनि हुस्सु लागेको छ ।

बाक्लो हुस्सुका स्थानमा पारदर्शिता कम भइ देख्न गाह्रो हुने भएकाले यात्रामा साबधानी अपनाउ पनि महाशाखाले आह्वान गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि