असोज ०६, २०८१, आइतबार
               

फरार २ अभियुक्त पक्राउ

नेपाल फ्ल्यास
मंसिर २९, २०७७

ADVERTISEMENT

झापा । बैङ्किङ कसुर मुद्दामा उच्च अदालत पाटनको फैसलाले ९ लाख ५० हजार रुपैयाँ जरिवाना र ४ दिन कैद सजाय भई फरार रहेका कमल गाउँपालिका-५ घर भएका ३० वर्षीय सुजन देवानलाई उनकै घरवतनबाट आइतबार प्रहरीले पक्राउ गरेको छ । उनलाई २०७६ फागुन २० गते फैसला सुनाइए पनि फरार थिए । 

यसैगरी वहुविवाह मुद्दामा जिल्ला अदालत झापा भद्रपुरको २०७५ जेठ १३ गतेको फैसलाले ५ हजार रुपैयाँ जरिवाना र १ वर्ष कैद सजाय ठहर भएकोमा २७ दिन कैद असुल भई बाँकी ११ महिना ३ दिन बेरुजु रही फरार रहेका ईलाम चुलाचुली गाउँपालिका-४ घर भएका ३० वर्षीय बीरबहादुर लिम्बुलाई उनकै घरबाट आइतबार प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइएकोमा अदालतको आदेशअनुसार कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि