असोज ०६, २०८१, आइतबार
               

माछा मार्ने क्रममा भएको विवाद झगडमा रुपान्तरण हुँदा एकको मृत्यु

नेपाल फ्ल्यास
मंसिर २९, २०७७

ADVERTISEMENT

सप्तरी । माछा मार्ने क्रममा भएको विवादका कारण सप्तरीमा एक महिलाको मृत्यु भएको छ । सो विवाद बढ्दा बोदे बर्साइन नगरपालिका–३ की ४५ वर्षीया गंगियादेवी मण्डलको आइतबार राति मृत्यु भएको हो ।

विवाद झडपमा रुपान्तरण हुँदा चार जना घाइते भएका छन् भने अन्य एक जनाको अवस्था गम्भीर छ । विवाद सार्वजनिक पोखरीमा माछा मार्ने विषयलाई लिएर भएको थियो । 

 आइतबार दिउँसो सुरु भएको विवाद बढ्दै जाँदा राति १० बजे झडप भएको थियो । दुवै पक्षले एकअर्कालाई बन्चरो, भाटालगायत सामग्रीले हानेका थिए । घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको छ । 


कस्तो लाग्यो ?

यो पनि