बैशाख २१, २०८१, शुक्रबार
               

बिहीबारबाट काठमाडौं-दिल्ली हवाई उडान सुरु हुने, टिकट बिक्री सुरु

नेपाल फ्ल्यास
मंसिर २९, २०७७

ADVERTISEMENT

काठमाडौं ।नेपाल एयरलाइन्सले नेपाल दिल्ली उडानका लागि टिकट बिक्री गर्न सुरु गरेको छ । 

एयर ट्रान्सपोर्ट बबल स्कीममार्फत दिल्ली काठमाडौं नेपाल एयरलाइन्स र एयर इण्डियाले उडान सुरु गर्न लागेपछि एयरलाइन्सले टिकट बिक्री गर्न सुरु गरेको हो ।

एयरलाइन्सका अनुसार काठमाडौंबाट दैनिक एक जहाज दिल्ली जाने छ र दिल्लीबाट यात्रुलाई काठमाडौं फर्किनेछ ।

आगामी बिहीबारबाट काठमाडौं-दिल्ली नियमित हवाई उडान सुरु हुँदै छ । निगमले पहिलो चरणमा न्यारोबडी जहाजबाट उडान सुरु गर्नेछ । यात्रुको चापसँगै ठूलो जहाज उडाउने तयारी निगमको छ । भारतबाट एयर इण्डियाले काठमाडौंमा उडान गर्ने अनुमति पाएको छ । तर उसले उडान मिति तोकिसकेको छैन ।

लकडाउन सुरु भएसँगै नेपाल भारत हवाई उडान बन्द भएको थियो । सरकारले भदौबाट अन्तर्राष्ट्रिय उडान खुला गरे पनि भारतसहित दक्षिण एसियाली मुलुकका लागि भने अनुमति निदँदा उडान हुन सकेको थिएन ।

यो पनि