बैशाख २१, २०८१, शुक्रबार
               

कास्कीबाट लागुऔषधसहित तीन जना पक्राउ

नेपाल फ्ल्यास
मंसिर २९, २०७७

ADVERTISEMENT

कास्की । कास्कीमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको गस्ती टोलीले लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । 

उनीहरुको साथबाट लागूऔषध डाईजापाम–६४एम्पुल, नुर्फिन–६५ एम्पुल, फेनेरागन–६७ एम्पुल, गाँजा २० ग्राम, मोबाइल २ वटा र २ हजार ८४०रुपैयाँ नगद फेला परेको छ । 

कास्कीका प्रहरी पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका–१२ माटेपानी बस्ने बर्ष ३२ को रमेश गुरुङ, कास्की पोखरा महानगरपालिका–११ काहुभन्ज्याङ बस्ने बर्ष २१ को मुकेश विक र कास्की पोखरा महानगरपालिका–१२ चापापानी बस्ने बर्ष २९ को नवराज गुरुङ छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ । 


कस्तो लाग्यो ?

यो पनि