असोज ०६, २०८१, आइतबार
               

नेपालीकी श्रीमती भगाउने भारतीय नागरिक पक्राउ

नेपाल फ्ल्यास
मंसिर २९, २०७७

ADVERTISEMENT

कञ्चनपुर । बेलौरी नगरपालिका–६ हात्तीबोझाका विमल रानाकी २० वर्षीया श्रीमती कञ्चन रानालाई भगाएर लैजाने भारतीय नागरिकलाई सशस्त्र प्रहरीले हिजो पक्राउ गरेको छ । भारतको पिलिभित पुरनपुर बस्ने २२ वर्षका हजिम खानलाई सीमाबाटै पक्राउ गरेको हो । 

बेलौरी नगरपालिका–६ नयाँ गाउँस्थित मुख्य सीमास्तम्भ नम्बर ७७६ नजिकबाट भाग्दै गरेका बेला पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक ऐरले बताए । भारतीय नागरिक खानलाई भारतीय एसएसवीको जिम्मा लगाइएको छ भने भारतीयसँग भागेर जाने महिलालाई इलाका प्रहरी कार्यालय बेलौरीमा बुझाइएको छ । 

यो पनि