जेठ ०२, २०८१, बुधबार
               

लकडाउनमा खटिने १० प्रतिशत लाई मात्र भत्ता दिने, ५ महिना खटिएर ११ दिनको मात्र भत्ता

नेपाल फ्ल्यास
मंसिर २९, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले कोरोना महामारीविरुद्ध खटिएका सुरक्षाकर्मीमध्‍ये १० प्रतिशतलाई मात्र भत्ता दिने भएपछि प्रहरीलाई नाम छान्न सकस परेको छ ।

कोरोना महामारीविरुद्ध हरेक प्रहरी कुनै न कुनैरुपमा खटिएको भन्दै भत्ता पाउने कर्मचारीको नाम छनोट गर्न सकस परेको प्रहरी अधिकारी बताउँछन् । 

‘सरकारले दैनिक ३ सय रुपैयाँको दरले भत्ता दिने निर्णय गरेपछि हामीलाई काम लगाउन पनि सजिलो भएको थियो । अहिले १० प्रतिशतलाई मात्र दिनेभन्दा कसरी नाम छनोट गर्ने ?’, काठमाडौ‌ंको एक प्रहरी युनिटका इन्चार्ज भन्छन् ।

सरकारको निर्णयपछि  प्रहरी प्रधान कार्यालयले मातहतका युनिटलाई १० प्रतिशत नबढ्ने गरी भत्ता पाउने कर्मचारीको नाम पठाउन पत्राचार गरेको  छ । यसैबीच, राजधानीको एक प्रहरी युनिटले त्यहाँ काम गर्ने सबै कर्मचारीले भत्ता पाउने गरी नाम पठाउने तयारी गरेको छ ।

‘कसको नाम समावेश गर्ने अनि कसको छुटाउने ? निर्णय लिन निकै गाह्रो भयो । त्यसैले यस कार्यालयमा काम गर्ने सबै कर्मचारीको नाममा  भत्ता पर्ने गरी निर्णय लिएका छौँ। यसरी गर्दा एकजना कर्मचारीको नाममा ११ दिनको भत्ता पर्ने रहेछ । योभन्दा अरु उत्तम विकल्प देखिएन’, त्यस प्रहरी कार्यालयका प्रमुखले नाम उल्लेख नगर्ने शर्तमा भने ।

कोरोना भाइरसको महामारी सुरु भएलगत्तै सरकारले यसविरुद्ध लड्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलगायतलाई प्रोत्साहनस्वरुप दैनिक भत्ता दिने निर्णय गरेको थियो ।

सरकारले निर्णय गरेको लामो समय वितिसक्दा पनि अहोरात्र खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मीले भत्ता पाएका छैनन् ।


कस्तो लाग्यो ?

यो पनि