बैशाख २३, २०८१, आइतबार
               

ललितपुरमा मजदुरको कुटपिटबाट ठेकेदारको मृत्यु

नेपाल फ्ल्यास
मंसिर २८, २०७७

ADVERTISEMENT

ललितपुरको चापागाउँमा मजदुरको कुटपिटबाट ठेकेदारको मृत्यु भएको छ ।

सिन्धुलीको फिक्कल गाउँपालिकाका ४ का ३७ वर्षीय ठेकेदार नारायण बहादुर श्रेष्ठको मृत्यु भएको हो ।

उदयपुर कटारीका मिलन राना मगरको कुटपिटबाट ज्यान उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

आफूले पाउनुपर्ने पैसा नपाएपछि मिलनले ठेकेदारलाई कुटपिट गरेका थिए ।

बिहीबार ठेकेदार श्रेष्ठको घरमा मिलन मजदुरीको पैसा लिन गएका थिए । तर, श्रेष्ठले पैसा नदिएपछि उनीहरुबीच झगडा (विवाद) भएको प्रहरीले जनाएको छ । 

सो समय उनीहरु दुवै जनालो मादक पदार्थ सेवन गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

कुुटपिटलगत्तै प्रहरीले मगरलाई पक्राउ गरेको थियो भने श्रेष्ठ बेपत्ता थिए ।

ठेकेदार श्रेष्ठ भोलिपल्ट पनि घर नर्फकेपछि परिवारले प्रहरीमा जानकारी दिएको थियो । प्रहरीले खोज्ने क्रममा शुक्रबार राति कुटपिट भएको स्थान नजिकैको झाडी छेउमा श्रेष्ठलाई मृत फेला पारेको ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी प्रज्वल महर्जनले बताए ।

पक्राउ परेका मगरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि