जेठ ०७, २०८१, सोमबार
               

केही स्थानमा वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसम

नेपाल फ्ल्यास
मंसिर २८, २०७७

ADVERTISEMENT

केही दिनदेखि नेपाल भित्रिरहेको दक्षिणपूर्वी अरेबियन सागरबाट जलवाष्पयुक्त हावा आज (सोमबार) देखि आउन बन्द भएको मौसम पूर्वानुमान महाशहाखाले जनाएको छ ।

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज राति प्रदेश १ को पहाडी भेगमा एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आज (आइतबार) दिउँसो प्रदेश १, प्रदेश ३, तथा सुदूरपश्चिम प्रदेशका केही भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

त्यस्तै आज राति प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने छ ।  प्रदेश १ को पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत छ ।

सोमबार देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

मंगलबार पनि देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि