पर्सा । पर्सा वीरगञ्ज–३२ पारसवाका ४७ वर्षीय सुरेन्द्र साह सोनार मृत अवस्थामा फेला परेका छन्। बाराको सिमरास्थित जगदम्बा स्टिलमा काम गर्ने सोनार मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरीका अनुसार गम्छाले घाँटी कसेको र दाहिने आँखामा चोट लागेको अवस्थामा उनी मृत अवस्थामा फेला परेका हुन् ।रगत लागेको लठ्ठी पनि शवको छेउमै भेटिएकाले उनको मृत्युको कारण हत्या हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीको छ ।
मंसिर २५ गते बिहीबार साँझ भाञ्जीको बिहेका लागि उनी उद्योगबाट रकम लिएर निस्किएका थिए । साँझ ६ बजे गाउँकै चोकमा उनलाई देख्नेहरु पनि भेटिएका छन् । शुक्रबार नै भाञ्जीको बिहे थियो ।
विवाहस्थलभन्दा पाँच सय मिटर उत्तरतर्फ कुलोमा शव भेटिएको छ । गाउँलेले शव देखेपछि बिहान ११ बजे प्रहरीलाई खबर गरेका थिए ।घटनास्थल जाँच मुचुल्कापछि शव पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्जमा ल्याइएको छ ।