जेठ ०६, २०८१, आइतबार
               

कलंकी दुर्घटनामा परी ज्यान गुमाउने र घाइते कोको हुन् ?

नेपाल फ्ल्यास
मंसिर २६, २०७७

ADVERTISEMENT

कलंकीमा भएको दुर्घटनामा परी ओखलढुंगा घर भएका अन्दाजी ३० वर्षका शंकर परियाको मृत्यु भएको  छ । त्यसैगरी सात जना घाइते भएका छन् । 

ट्राफिक प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीका अनुसार घाइते हुनेमा सप्तरीका रञ्जित चौधरी, गणेश शर्मा, साजन खत्री, धादिङका रामचन्द्र सिंखडा, काठमाडौं कलंकीका सुजन मानन्धर, बानेश्‍वरका विशाल श्रेष्ठ र कास्कीका सन्ध्या थिङ छन्  भने घाइतेमध्ये तीन जनाको अवस्था चिन्ताजनक छ । घाइतेको उपचार बयोधालगायत अस्पतालमा भइरहेको छ । 

ट्रकको ठक्करबाट बा २ ज २०४७ नंको ट्याक्सी, बा ४ च २२१ पिकअप भ्यान, बा ४ ख ३२५२ नम्बरको बस, बा ५१ प ४९५१ नंबरको मोटरसाइकल, प्रदेश ३ -०२००६ प १३४१ को मोटरसाइकल र बा ४७ प २४१५ नंको स्कुटरमा क्षति पुगेको छ ।

यो पनि