जेठ ०४, २०८१, शुक्रबार
               

रमेश प्रसाईंको जोडीलाई विश्वप्रकाशले दिए ‘करोडौं शुभकामना’

नेपाल फ्ल्यास
मंसिर २४, २०७७

ADVERTISEMENT

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रखर वक्ता एवं गायक रमेश प्रसाईं र समाजसेवी नन्दा सिंहलाई भेटेर वैवाहिक जीवनको बधाई एवं शुभकामना दिएका छन् ।

रमेश र नन्दाबीच मंगलबार काँकडभिट्टामा विवाह भएको हो ।

वैवाहिक समारोहमा पुगेर कांग्रेस प्रवक्ता शर्माले बधाई तथा शुभकामना दिएका हुन् । 

शर्माले सामाजिक सञ्जाल फेसबुकमा तस्विर पोस्ट गर्दै लेखेका छन्, ‘कर्णाली कालिकोटकि चेलिलाई आज स्वागत गर्‍यौं कांकरभिट्टामा ! प्रखर युवा रमेश प्रसाईं र सेवाभावको हृदय बोकेकी नन्दा सिंहलाई खुशी दाम्पत्य जीवनका लागि हार्दिक बधाई र करोडौं शुभकामना !’

यो पनि