बैशाख २५, २०८१, मंगलबार
               

शिक्षक हत्या प्रकरण : विप्लव समूहले भन्यो- 'प्रतिकारका क्रममा मृत्यु भयाे'
प्रहरी भन्छ, 'हात बाँधी घाँटी रेटेर हत्या'

नेपाल फ्ल्यास
मंसिर २३, २०७७

ADVERTISEMENT

मोरङको मिक्लाजुङ-१, बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हत्या घटनाको जिम्मा विप्लव समूहले लिएको छ । 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मेची कोशी ब्यूरोले विज्ञप्ति जारी गर्दै प्रतिकारका क्रममा श्रेष्ठको मृत्यु भएको जनाएको हो । 

श्रेष्ठले लामो समयदेखि पार्टीको सुराकी गरेको आरोप विज्ञप्तिमा लगाइएको छ । 

उनलाई पार्टीविरोधी गतिविधि रोक्न, आफूलाई सच्याउन भनी सम्झाउन जाँदा पनि उग्र गतिविधि गरिरहेको आरोप विप्लव समूहको छ । 

यसपटक पनि सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा मृत्यु भएको इन्चार्ज प्रतापद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

'हात बाँधी घाँटी रेटेर हत्या'

यसैबीच, प्रहरीले शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव भेटिएको जनाएको छ ।

शिक्षक राजेन्द्र श्रेष्ठ

मिक्लाजुङ गाउँपालिका १, बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई सोमबार विहानै विप्लव समूहका कार्यकर्ताले घरबाटै अपहरण गरेर लगेका थिए । 

त्यसक्रममा श्रेष्ठको शव घरबाट केही सय मिटर पर जंगलमा रगताम्ये (घाँटी रेटेर हत्या गरेको) अवस्थामा भेटिएको थियो । 

शिक्षक श्रेष्ठलाई जंगलमा लगेपछि हात बाँधेर घाँटी रेटेको पाइएको प्रदेश प्रहरी प्रमुख डडिआइजी ईश्वरबाबु कार्कीले जानकारी दिए । 

घटनास्थल मोरङको बिकट क्षेत्र हो । मधुमल्लाबाट त्यहाँ पुग्न प्रहरीलाई चार घण्टा लागेको थियो ।

यो पनि