जेठ ०४, २०८१, शुक्रबार
               

एटिएम मेसिन फुटाउने २ भारतीय पक्राउ

नेपाल फ्ल्यास
मंसिर २३, २०७७

सांकेतिक
ADVERTISEMENT

बाँके। नेपालगञ्जमा एटिएम मेसिन फुटाउने २ जना रंगेहात पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका-१८ कारकाँदोस्थित माछापुच्छ्रे बैंकको एटिएम तोडफोड गरिरहेको अवस्थामा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भारत रुपैडिया बाबागञ्ज बस्ने २१ वर्षीय मोबिन अली र सोही ठाउँ बस्ने २१ वर्षीय सलवान अलीलाई प्रहरीले पक्रेकाे हाे । उनीहरूले एटिएम मेसिन तोडफोड गरी भाग्न लागेको अवस्थामा प्रहरीले पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि