जेठ ०४, २०८१, शुक्रबार
               

जन्ती हिँडेका युवक मृत फेला, हत्या गरेको आरोपमा दुईजना पक्राउ

नेपाल फ्ल्यास
मंसिर २३, २०७७

ADVERTISEMENT

वीरगन्ज । जन्ती जान भनि साथै गएका युवकको हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

प्रहरीले युवकको हत्या गरेको आरोपमा पर्साको कालिकामाई गाउँपालिका १ तीनडोबिया टोलका २२ वर्षीय राजेश पटेल र ३१ वर्षीय सुरेन्द्र पटेललाई पक्राउ गरेको हो ।

जन्ती जान भनेर घरबाट पटेलद्वय संगै गएका तीनडोबिया टोलकै २६ वर्षीय एमामुल हुसेनको शव मङि्सर १७ गते नदी किनारमा भेटिएको थियो ।

हुसेनको शव धोबिनी गाउँपालिका–२ भिखापुर स्थित नदीको किनारमा फेला परेको थियो ।हत्या हुनु भन्दा घरबाट तीन दिन अघि गएका हुसेनको आँखा निकालिएको अवस्थामा शव फेला परेको थियो ।

पक्राउ परेका दुवै जना विरुद्ध कर्तव्य ज्यान मुद्दामा अदालत बाट सोमबार म्याद थप गराइ अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिए । हत्या किन गरिएको भन्ने बारे अहिलेसम्म खुल्न बाकी रहेको थापाले बताए ।


कस्तो लाग्यो ?

यो पनि