बैशाख २४, २०८१, सोमबार
               

आइजिसी बैठक : नेपाल-भारत संयुक्त बिजनेस फोरम गठन हुने

नेपाल फ्ल्यास
मंसिर २२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल र भारतबीचको व्यापार सहजीकरण गर्न दुई देशको संयुक्त विजनेस फोरम गठन हुने भएको छ । 

सोमबार सम्पन्न नेपाल भारत वाणिज्य सचिवस्तरीय व्यापार तथा लगानी सहजीकरण सम्बन्धी संयन्त्र (आइजिसी) बैठकमा यस्तो समझदारी बनेको हो ।

भिडियो कन्फरेन्स मार्फत भएको बैठकमा व्यापार एवम् वाणिज्य क्षेत्रका प्रमुख एजेन्डामा भएका प्रगतिबारे समीक्षा गरिएको थियो । 

बैठकमा व्यापार तथा पारवाहन सन्धीको बृहत समीक्षा, रेलसेवा सम्झौतामा संशोधन, लगानी प्रवर्द्धनका लागि भएका पहल तथा प्रयास, दुबै पक्षबीच व्यापार पूर्वाधारको विकास तथा सहकार्यको विषयमा छलफल भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

व्यापार तथा वाणिज्य सम्बन्ध तथा सम्पर्कलाई भविष्यमा अझ सुदृढ बनाउन सरकारी स्तरमा गर्नुपर्ने प्रयासकाबारे पनि दुवै पक्षबीच विस्तृत छलफल भएको भारतीय दूतावासले जनाएको छ ।

नेपाल र भारतका वाणिज्य सचिवहरुको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

आइजिसी दुई देश (नेपाल-भारत) बीच व्यापार तथा लगानीलाई प्रवर्धन गर्ने प्रमुख द्धिपक्षीय संयन्त्रको रुपमा रहेको छ । 

यस आइजिसी बैठकको तयारीका लागि यही मंसीर १८ देखि १९ सम्म अन्तर सरकारी उपसमितिको सहसचिव स्तरको बैठक बसेको थियो ।

यो पनि