जेठ ०३, २०८१, बिहीबार
               

सिद्धबाबाले पाए सफाइ

नेपाल फ्ल्यास
मंसिर २२, २०७७

ADVERTISEMENT

एक अनुयायीको बलात्कारको आरोप लागेका महायोगी सिद्धबाबा कृष्णदास गिरीलाई सुनसरी जिल्ला अदालतले सफाइ दिएको छ ।

सुनसरी जिल्ला अदालतका प्रमुख न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सिद्धबाबामाथि लगाइएको आरोप पुष्टि हुन नसकेको भन्दै सोमबार सफाइ दिएका हुन् । एक अनुयायीले बलात्कारको आरोप लगाएको मुद्दाका कारण सिद्धबाबा गत फागुनदेखि झुम्का कारागारमा थिए । 

उनले बारम्बार आफूबाट त्यस्तो नीच कार्य नभएको दाबी गर्दै आए पनि उच्च अदालतले पुर्पक्षका काराबास राख्न आदेश दिएको थियो ।

सिद्धबाबा सोमबार नै चतरा जाने उनका अनुयायीले जानकारी दिएका छन् । सिद्धबाबाले चतराबाट चिकित्सा र योग तथा मानव हितका लागि विशेष कार्यक्रमहरू गर्दै आएका छन् ।

 


कस्तो लाग्यो ?

यो पनि