बैशाख ०७, २०८१, शुक्रबार
               

सिद्धबाबाको आँखामा कहिल्यै वासना देखिनँ

कविता उषा ओझा
जेठ ३२, २०७७

ADVERTISEMENT

शिर उठाएर, छाती ठोकेर भन्न सक्छु, म महायोगी सिद्धबाबा कृष्ण दासजीको अनुयायी हुँ । पवित्र छन्, मेरा गुरुदेवका आत्मा !

मेरो आस्थाका केन्द्र केही दुष्ट सोच भएकाहरूको षडयन्त्रमा फस्नु भएको छ, हिजोआज । आफूले नगरेको अपराधको पुर्पक्षका लागि झुम्का कारागारमा दिन कटाइ रहनुभएको छ । जीवनमा कसैले कहिल्यै भोग्न नपरोस् भनिने त्यस्तो कष्टकर दिन मेरा गुरुदेवले हाँसेरै कटाइरहनु भएको छ । उहाँ त हरेक स्वार्थलाई जित्ने महायोगी सिद्धबाबा हुनुहुन्छ । तर, उहाँले नियतिलाई जति सहज रूपमा लिनु भएको छ, त्यसरी नै हामीले कसरी लिन सक्छौँ र ? उहाँका मनमा अवश्य पनि पीडाका ज्वारभाटा त उम्लिन्छ नै होला ? आँखामा वेदनाका सागर तैरन्छन् नै होलान् ? जसरी हाम्रा आँखा उहाँको ससम्मान रिहाइका लागि तड्पिरहेको छ ।

हामीलाई उहाँमाथि हिजो जति विश्वास थियो, आज त्यो विश्वास झन् गाढा बनेको छ । हुन त गङ्गालाई पनि अपवित्र पार्ने अनेकौँ दुश्चेष्टा भएका छन् तर, गङ्गाको पवित्रता कहिल्यै मरेको छैन । हो सिद्धबाबा पनि त्यही गङ्गा झैँ हुनुहुन्छ । हरेक लाञ्छना र षडयन्त्रले उहाँको ओजलाई कमजोर बनाउन सक्दैन, झन् बढाएको छ ।

उहाँसँग पीडा दबाउन सक्ने खुबी छ । त्यही खुबी नै षडयन्त्रकारीका लागि मुटु घोच्ने काँडा बनिरहेको छ । उहाँका मुहारमा सधैँ छल्किने मुस्कान नै षडयन्त्रकारीका मन जलाउने कारण बनिरहेको छ । उनीहरूलाई लाग्थ्यो होला, सिद्धबाबालाई षडयन्त्रको जालोमा अल्झाएर उहाँको अभियान बिथोल्न सकिन्छ । तर, उनीहरूका सपनाका महल ढल्दै छन् । सिद्धबाबामाथि विश्वास गर्नेहरू सधैँ अविचलित छन् । धर्म संस्कार र हरित क्रान्तिमा होमिने चाहना झन् बलियो बनेको छ । हाम्रो आस्थाको केन्द्र गङ्गा झैँ पवित्र छन् । हामीलाई थाहा छ, बाबा कति पवित्र हुनुहुन्छ भनेर ।

हामीलाई उहाँमाथि हिजो जति विश्वास थियो, आज त्यो विश्वास झन् गाढा बनेको छ । हुन त गङ्गालाई पनि अपवित्र पार्ने अनेकौँ दुश्चेष्टा भएका छन् तर, गङ्गाको पवित्रता कहिल्यै मरेको छैन । हो सिद्धबाबा पनि त्यही गङ्गा झैँ हुनुहुन्छ । हरेक लाञ्छना र षडयन्त्रले उहाँको ओजलाई कमजोर बनाउन सक्दैन, झन् बढाएको छ । उहाँको साहस झन् दरिलो बनेको छ । त्यसैले सनातन धर्म मास्न चलखेल गर्ने अधर्मीका पासोले उहाँको अभियानलाई कहिल्यै मार्न सक्दैन । 

सिद्धबाबामाथि लगाइएको आरोपका विषयमा अदालतमा मुद्दा विचाराधीन नै छ । विश्वास छ, उहाँले न्याय पाउनु नै हुनेछ । तर, कहिलेकाहीँ डर पनि लाग्छ, उहाँलाई षडयन्त्रको चक्रव्यूहमा फसाउने समूह सानो छैन । अन्तर्राष्ट्रियस्तरको छ । मुलुकका हरेक तप्कामा पहुँच बनाउन सक्ने छ । एक दशकभन्दा केही अगाडि हाम्रो राष्ट्रको सनातन धर्मलाई मास्न षडयन्त्रका पटकथा तयार पारेका षडयन्त्रकारी कै जत्था हुन् ती । जसले सनातन धर्मको वकालत गर्छ, उसको नियति सिद्धबाबा कै हुने हो कि भन्ने चिन्ता पनि बढ्न थालेको छ ।

सिद्धबाबालाई जुन महिलाको बलात्कार गरिएको आरोप लगाइएको छ । उनको मनमा पाप थिएन भने आफ्ना पतिको हातमा हात समातेर महायोगी सिद्धबाबा कृष्णदासजीबाट गठित रामानन्दाचार्य सेवा पीठका पदाधिकारीहरूको घर–घर चहार्ने थिइनन् ।

म बलात्कृत भए अब मिलेमतोमा सबै विषय राफसाफ गरौँ भनेर रोइकराई गर्दै । दाम पाए त्यो कुरा अगाडि नबढाउने कुराले उनको मन कति प्रदूषित रहेछ भनेर बुझ्न कठिन पनि छैन । अनि बलात्कार जस्तो मस्तिष्कलाई स्तब्ध बनाउने घटनामा फसेकी महिलाले कथित बलात्कार भएको भनिएको ३२ दिनपछि मात्रै कानुनको ढोका ढकढकाउने पनि थिइनन् ।

महिलाको संवेदना फूलभन्दा मुलायम हुन्छ । काँचभन्दा कमजोर पनि । स्वार्थबिना कुनै महिलाले आफूमाथि बलात्कार भएको उजुरी लेखाउन ३२ दिनसम्म कुर्दैनन् । नजिर केलाउने हो भने यस्ता घटना घटेको लगत्तै सम्बन्धित निकायमा उजुरी गरिन्छ । नत्र बलात्कार नै भएको भए पनि ३२ दिन भनेको प्रमाण मेटाउन पर्याप्त समय हो । साथै बलात्कारी भनिएका व्यक्तिबाट त्यो अवधिमा पैसा अँठ्याउने अनेकौँ कार्य गरिन्छ भने सोच्नै पर्छ त्यो घटनाको पर्दा पछाडिको वास्तविकता के होला भनेर ? सिधै भन्नु पर्दा त्यो ‘ब्ल्याकमेलिङ’ भन्दा पनि ठुलो षडयन्त्र गर्न रचिएको कथाको अंश मात्र हो । अनि जो सही छ, त्यो व्यक्ति यस्ता धम्कीबाट कहिल्यै विचलित हुँदैनन् । सिद्धबाबा पनि कहिल्यै विचलित हुनु भएन । हामीले देखेका छौँ ।

ती महिलाले सिद्धबाबालाई लेखेका अश्लील ‘म्यासेज’हरुका चाङ धेरै मिडियामा आइसकेका छन् । लगातार सिद्धबाबाको आलिङ्गनमा बेरिन पाउँ भन्ने आशय भएका हुन्थे उनका म्यासेज । ती म्यासेजहरू अहिले पनि सुरक्षित नै छन् । बरु, अनुसन्धानमा ती म्यासेजहरूप्रति आँखा चिम्लिएको छ । त्यसले षडयन्त्रको गन्धलाई गाढा बनाउँछ ।

चतरास्थित सिद्धबाबाको आश्रममा पुग्ने महिला अनुयायीहरू निकै छन् । अविवाहित, विवाहित, किशोरी, वृद्ध सबै । तर, उहाँको सान्निध्यमा पुगेको १४ वर्षभन्दा बढीको अवधिमा मैले सिद्धबाबाबाट कुनै महिला अनुयायीमाथि दुर्व्यवहार भएको सुनिनँ, देखिनँ ।

महिलालाई वासनाका नजरले हेरेको कहिल्यै महसुस गरिन । हेर्नुहुन्थ्यो त, मलाई पनि हेर्नुहुन्थ्यो होला नि ? घमन्ड गरेको होइन ती महिलाभन्दा म केही राम्री नै देखिन्छु । अनि मनले पनि तनले पनि, मभन्दा अथाह सुन्दरीहरू पनि बाबाको अनुयायी बनेका छन् नै । किन गएन त बाबाको वासनाको नजर उनीहरूमाथि ? अनि कसरी गयो होला त वासनाले भरिएको नजर ती दुई सन्तानकी आमामाथि ? फेरि पनि घमन्डका साथ भन्छु, किन गएन सिद्धबाबाको वासनाले भरिपूर्ण नजर म र मभन्दा राम्रा अनुयायीमाथि ? 

अनि त्यस्ता महिला देख्दा आफैँलाई घिन लाग्छ आफैँसँग, महिला भएर जन्मनु परेकोमा । महिला त ईश्वरले पनि पुज्ने स्वरूप हो । वरदान हो ईश्वरको, यति पनि बुझिनछन् ती महिलाले । पुरुषले पनि मान्छन्, महिलाको मन कमलो हुन्छ, संवेदनशील हुन्छ । सीमित स्वार्थमा लागेर नर्कको बाटो रोज्ने चट्टानी मन पनि महिला कै हुँदो रहेछ । थाहा पाइयो ।

पुरुषको नजरले के बोलिरहेको छ भन्ने महिलाले सहजै थाहा पाउँछन् । कुनै अनुयायीले महसुस नगरेको सिद्धबाबाको कथित वासनाको भोक ती महिलाले मात्र कसरी महसुस गरिन् ? आश्रममा आउने अरू महिलामाथि नपरेको नजर एकाध पटक धाममा आएकी अनि त्यो पनि सिद्धबाबाको नजिक कहिल्यै नपुगेकी महिलामाथि कसरी पुग्यो होला ? सोच्दा पनि अपत्यारिला छन्, त्यो षडयन्त्रका तानाबाना । अनि झन् अपत्यारिला छन्, सुनाइएका कथित बलात्कारका कथाहरू ।

त्यो षडयन्त्र नै हो । ती महिलाले सिद्धबाबामाथि देखाएको आशक्ति कुनै चालु लेखकले तयार पारेको पटकथा मात्र हो भन्न गाह्रो छैन । उनलाई सिद्धबाबाको नजिक पुर्‍याउन रचिएका घटनाहरूलाई सम्झँदा आज उहाँमाथि षडयन्त्र कसरी रचियो भन्ने प्रस्ट हुँदैछ । षडयन्त्रका हरेक दृश्य आँखामा नाच्न आउँछन् । नजिकबाट सिद्धबाबा र उहाँको कार्यलाई जसले बुझेका छन्, उनीहरूको यो षडयन्त्रबाट निस्तब्ध भएका पनि छन् ।

हुन त भगवानले त अनेकौँ लाञ्छना सहनु पर्छ, सिद्धबाबा त एउटा मनुष्य चोलामा यो राष्ट्र र यो राष्ट्रको धर्म संस्कृतिको रक्षा हेतु जन्मिएका महायोगी हुनुहुन्छ । उहाँले धेरै अगाडिदेखि आफूमाथि षडयन्त्र हुने अनुमान गर्नु भएकै थियो ।

ती महिलाले हिजोआज बन्द गरेको फेसबुक एकाउन्टबाट सिद्धबाबाका मेसेन्जरमा पठाइएका सन्देशहरू पढ्ने जो कोहीले एक पटक लज्जाले अनुहार रातो बनाउँछ नै । त्यसमाथि एउटी महिला कुन हदसम्म गिर्न सक्छन् भन्ने पनि त्यही सन्देशहरूले बोल्छ नै ।

‘हजुरको बारेमा नराम्रो सपना देखेपछि के गर्ने सोच अनेक आए, आज समाज तडक भडक कै पछि लागि राछ, महायोग गर्नको लागि जति कोसिस गर्दा नि आउँदैन, हजुरलाई षडयन्त्र गरेर, आरोप लगाएर फसाउन खोज्ने पनि पक्कै मौका खोजी रा होलान्, आज,’ सलिनाको यो म्यासेज पढ्दा सिद्धबाबाको नाकमा ठोकिसकेको षडयन्त्रको गन्धका बारेमा समेत ती महिला जानकार थिइन् । शायद योजनाकारका मुख्य हतियार पनि बनिसकेकी थिइन् । अर्थात्, उनी षडयन्त्रकारीको निकै नजिक पुगिसकेकी थिइन् । यही म्यासेजले नै प्रस्ट पार्छ ।

अनि यो सन्देश पढ्दा कुन महिलाको मुख रातो हुँदैन होला ? अनि कुन सामान्य पुरुष पग्लिँदैन होला ?

‘कसम अरू कुनै स्वार्थ छैन, यति त गरिस्यो, केबल हजुरले भनेको समयमा मात्र आउँछु, कसरी मिल्छ भनिस्योस ?? केही त गरिस्यो , हरेक रात हजुरसँग बितोस्, हैन भने मर भनिस्यो । पखिस्योन जुन दिन हजुरको चरण छुन पाउँछु च्याप्प अङ्गालो हालेर छोड्दै छोड्दिन ओठमा चुमिहाल्छु अनि था पाइसिन्छ (अनि प्रेमका दुइटा इमोजी) यति सारो तड्पाउने किन त ??? मेरो चाहना पुरा गरेपछि जति गाली गरेनी गरिस्यो (अनि ५ वटा चुम्बनका र २ वटा प्रेमका सङ्केतसहितको इमोजी) ।’

आफूले आफैलाई स्त्री चरित्रको मानक बताउने एउटी महिलाले यतिसम्म अश्लील भाषा प्रयोग गरेर कुनै परपुरुषलाई सन्देश पठाउन सक्दैनन् । बलात्कारमा परेँ भनेर नथाक्ने ती महिलाले सिद्धबाबालाई एकतर्फी पठाएका मध्येको यो सन्देश चैं पढ्नसम्म सकिन्छ  कि भनेर लेखिएको हो । सारा संसारले ओठ काट्ने अरू थुप्रै सन्देश पनि छन्, जो सभ्य समाजले कदापि पचाउन सक्दैन ।

हाम्रो धर्ममा यस्ता ऋषिमुनि पनि छन्, जसको तप भङ्ग गर्न महिलालाई हतियार बनाइएका थिए । एक छिनलाई मानौँ, सिद्धबाबा र ती महिलाबिच संसर्ग भएको थियो भनेर । के त्यसका लागि पहिलो प्रयास उनले गरेको मानिँदैन, कानुनको नजरमा । किनकि यौन सुखका एकतर्फी प्रस्ताव सिद्धबाबाले होइन, उनले पठाएकी थिइन् । कानुनको नजरमा उनी दोषी हुनुपर्ने हो कि सिद्धबाबा ? एउटा तपस्वीको तप भङ्ग गर्ने महिला दोषी हुन्छन् कि तपस्वी ? ती महिलाको सट्टा कुनै पुरुषले त्यसरी लगातार म्यासेजहरू पठाएका भए कसलाई दोषी मान्थ्यो कानुनले, समाजले, महिलालाई कि पुरुषलाई ?

आफ्नो सिंहासन हल्लिएपछि विश्वामित्रको तपस्या भंग गर्न इन्द्रले रचेको षडयन्त्रको प्रमुख पात्र बनेर स्वर्गकी अप्सरा मेनका पृथ्वीमा आएकी थिइन् । कामदेवको सहयोगमा मेनकाले विश्वामित्रको तपस्या भंग पनि गरिन् । अनि इन्द्रलाई स्वर्गको राजा बनिरहन गाह्रो भएन । त्यो घटना र सिद्धबाबामाथि गरिएको षडयन्त्र कताकता मिल्छ पनि । तर, बुझ्नै पर्छ सत्य युगमा रचिए पनि, स्वर्गका राजाले नै षडयन्त्रका जाल बुने पनि त्यसबेलाका दोषी इन्द्र र मेनका नै हुन् । चट्टान जस्तो कठोर मन बनाएर तपस्यामा लीन विश्वामित्रलाई कदापि दोषी मान्न सकिँदैन । इतिहास र परिवेसले मानेन पनि । त्यसैले विश्वामित्र अहिले पनि आदरणीय छन् । महिलाले गल्ती गर्दा दोषको भागी हुँदैनन् भन्ने कतै कुनै शास्त्रका किताब वा कानुनमा लेखिएको पनि छैन । त्यसैले विश्वामित्रका मामिलामा सबैले मेनकालाई दोषी मानेका थिए, छन् ।

सच्चाइका नजिर अनेकौँ भेटिन्छन् । सिद्धबाबाको हकमा कुरा गर्ने हो भने पनि ति महिलाले निरन्तर जाल बुन्दै गएकी थिइन्, षडयन्त्रको । उहाँको तपस्यालाई भङ्ग गर्ने । तर, हामी अनुयायीलाई विश्वास छ, हाम्रा गुरुदेव चोखो हुनुहुन्छ, निष्कलङ्क हुनुहुन्छ । उहाँलाई फसाउन स्टुडियोमा तयार पारिएका अपत्यारिला सबुतले सिद्धबाबाको नैतिकताको अवमूल्यन गर्न मिल्दैन । ति अतिरंजित प्रमाणले उहाँको नैतिकतामाथि प्रश्न उठाउन मिल्दैन । उहाँलाइ नैतिकताको पाठ पढाउन मिल्दैन । सिद्धबाबाको विशाल हृदयलाई षडयन्त्रकारीका आँखाबाट पढ्ने प्रयास गर्नु पनि एउटा चरित्रवान व्यक्तिमाथि गरिएको महापाप हुनेछ ।

राष्ट्रका लागि केही गर्छु । समाजका लागि केही गर्छु । धर्म संस्कारका लागि केही गर्छु । सुकेर खेर गइरहेका जडीबुटीबाट राष्ट्रलाई समृद्ध बनाउँछु भन्ने व्यक्ति आज घोर षडयन्त्रमा फसेको छ । जसको मुहार देख्दा नै मन व्याकुल बन्छ, जसले शिरमा हात राखिदिँदा नयन रसाउन थाल्छन् ।

सिद्धबाबा अहिले मौन हुनुहुन्छ । उहाँलाई थाहा छ, षडयन्त्रलाई चिर्न मौनता ठुलो औषधी हो । कुनै दिन उहाँको मुखबाट अवश्य निस्कने छन्, षडयन्त्रकारीका नामहरू । त्यस बेला उनीहरूले कहाँ गएर लाज लुकाउने हो ? कसैलाई थाहा छैन । गाई पुज्ने धर्मको ठेकेदार भएको स्वाङ रचेर त्यही गौमाताको रगतमा लतपतिएका नोटहरू मुखले टिप्नेले भोलि आफ्नो अस्तित्व कता खोज्ने हो ? सनातन धर्मलाई मास्न षडयन्त्र गर्नेहरूको गोटी बनेकाहरूले भोलि आफ्ना वरिपरीकाहरूसँग कसरी आँखा मिलाउने हो ? मातृभूमि र यसले अपनाएको धर्म संस्कारलाई नोटका केही बिटामा बेच्नेहरूले भोलि मुख लुकाउने ठाउँ पनि पाउने छैनन् । दरिद्र सोचको अन्त्य निकै पिडादायक हुन्छ । समय मै सचेत हुनुपर्छ ।

राष्ट्रका लागि केही गर्छु । समाजका लागि केही गर्छु । धर्म संस्कृतिका लागि केही गर्छु । सुकेर खेर गइरहेका जडीबुटीबाट राष्ट्रलाई समृद्ध बनाउँछु भन्ने व्यक्ति आज घोर षडयन्त्रमा फसेको छ । जसको मुहार देख्दा नै मन व्याकुल बन्छ, जसले शिरमा हात राखिदिँदा नयन रसाउन थाल्छन् ।

मेरा त्यस्ता सिद्धबाबा आज आँखाबाट विष बनेर बगेका आँसु पिएर पनि पनि हाँसिरहनु भएकै छ । उहाँलाई विश्वास छ, जित सत्यको नै हुन्छ । मलाई लाग्छ, यो कलियुग हो । दुष्टात्माले भगवानको अस्तित्व मेटाउन सक्रिय हुने युग । अनि सम्झँदा पनि मन भारी भएर आउँछ ।

जय गुरुदेव !

लेखिका रामानन्दाचार्य सेवा पीठको केन्द्रीय सदस्य हुन् । विकास र दर्शनका विषयमा कलम चलाउँदै आएकी उनी सामाजिक सेवाको क्षेत्रमा समेत क्रियाशील छिन् ।

कस्तो लाग्यो ?

यो पनि