काठमाडौं । दार्चुलामा मालबाहक ट्रक सडकबाट १२० मिटर तल खस्दा तीन जनाको मृत्यु भएको छ । जिल्लाको मालिकार्जुन गाउपालिका–१ भर्तोलामा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त घटनामा मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीका २४ वर्षीय शेरसिंह कार्की रहेका छन् भने अन्य दुईजनाको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको ना ३ ख ३४८५ नम्बरको ट्रक आइतबार राति १० बजे दुर्घटना भएको प्रहरीको भनाई छ ।