असोज ०६, २०८१, आइतबार
               

सपनालाई भेटेर अर्थमन्त्रीले दिए बधाई

नेपाल फ्ल्यास
मंसिर १९, २०७७

ADVERTISEMENT

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समाजसेवी सपना रोका मगरलाई भेटेर बधाई दिएका छन् । 

शुक्रबार अर्थमन्त्रालयमा अर्थमन्त्री पौडेलले समाजसेवी सपना मगरसँग भेट गर्दै बिबिसीको एक सय जना प्रभावशाली महिलामा परेकोमा बधाई दिएका हुन् ।

नेपाली सरकारले गर्न नसकेको काम व्यक्तिगत स्तरबाट गरेर समाज सेवा गरेको भन्दै समाजसेवी मगरको प्रशंसा गरे । 

अर्थमन्त्री पौडेललाई समाजसेवी मगरले बेवारिसे व्यक्तिहरु र बेवारिसे भएका शवको व्यवस्थापनमा सरकारको सहयोगको अपेक्षा रहेको बताए ।

समाजसेवी मगरको माग सुनेपछि अर्थमन्त्री पौडेलले बेवारिसे शव व्यवस्थापनमा सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । 

साथै सपना मगरजस्तो प्रेरणादायी समाजसेवीलाई भेटन पाउँदा खुशी लागेको पनि बताए । 

समाजसेवी सपनालाई बिबिसीले संसारका एक सय जना प्रभवशाली महिलाको सूचीमा पारेको छ । यसपछि मगरको कामको प्रशंसा देश भित्र मात्र नभई संसारभर भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि