असोज ०६, २०८१, आइतबार
               

विश्वका १०० प्रभावशाली महिलाको सूचीमा सपना मगर पनि

नेपाल फ्ल्यास
मंसिर ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले यस वर्ष अर्थात् सन् २०२० का प्रेरणादायी र प्रभावशाली महिलाका रूपमा छनोट गरेका सय जनामध्ये नेपालकी सपना रोका मगर पनि परेकी छन् ।

जीवन कठिन परिस्थितिमा हुँदाहुँदै पनि संघर्ष गरेर समाज परिवर्तनका लागि उदाहरणीय काम गरेका सय महिलाको सूची बिबिसीले सार्वजनिक गरेको हो ।

सोमबार राति सार्वजनिक भएको सूचीमा शव जलाउने प्राविधिक सपना पनि समेटिएकी हुन् ।

यो सूचीमा फिनल्यान्डकी नेतृ सन्ना मारिन, अवतार तथा मार्भल फिल्मकी स्टार मिसेल योह र कोरोना भाइरसविरूद्ध खोप अनुसन्धान गर्ने अक्फोर्ड युनिभर्सिटीको टोलीमा रहेकी सरा गिल्बर्टलगायत छन् ।

‘तर एउटा असाधारण वर्षमा विश्वका कैयौं महिलाले अरूको मद्दतका लागि बलिदानी दिएका छन्, तिनैको श्रद्धाञ्जलिस्वरूप सय महिलाको सूचीमा एउटा ठाउँ खालि छाडिएको छ,’ बिबिसीले उल्लेख गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि